Nepal Life

सुपरमाई हाइड्रोपावरले २० प्रतिशत बोनस शेयर दिने, त्यसपछि शतप्रतिशत हकप्रद निष्कासन गर्ने

NMB Bank
  • BFIS News
  • 2026 Feb 04 11:32
सुपरमाई हाइड्रोपावरले २० प्रतिशत बोनस शेयर दिने, त्यसपछि शतप्रतिशत हकप्रद निष्कासन गर्ने
United Ajod

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले हालको चुक्ता पूँजीको आधारमा २० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको हो।

कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको जनाएको छ। सोही निर्णयअनुसार बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश पनि वितरण गरिनेछ।

साथै, बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको आधारमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने योजना पनि अघि सारेको छ।

प्रस्तावित बोनस र नगद लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण तथा हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया