Nepal Life

सूर्यकुण्ड हाइड्रोको आईपीओमा आवेदन गर्ने म्याद आज सकिँदै

NMB Bank
  • BFIS News
  • 2026 Feb 04 11:36
सूर्यकुण्ड हाइड्रोको आईपीओमा आवेदन गर्ने म्याद आज सकिँदै
United Ajod

काठमाडौं।  सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने समयसीमा आज माघ २१ गते सकिन लागेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले माघ १८ गतेदेखि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको थियो।

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत बराबर १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशनका लागि स्वीकृति पाएको छ। यसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र ६८ हजार ९६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएर वितरण गरिसकिएको छ।

दोस्रो चरणमा कर्मचारीका लागि १३ हजार ७९३ कित्ता र सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता सुरक्षित राखी बाँकी ५ लाख ७२ हजार ४३१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ। धितोपत्र निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम संकेत गर्दछ।

कम्पनीले ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत करिब २१ करोड ५३ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ। विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २६ वर्ष बाँकी छ। साधारण हिसाबमा लगानी फिर्ता अवधि ७.७१ वर्ष र छुट दरमा १६ वर्ष अनुमान गरिएको छ।

शेयर बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। आवेदन सी–आस्बा प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्लेटफर्मबाट दिन सकिने व्यवस्था छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया