Nepal Life

आइएमई लाइफको दोस्रो त्रैमाससम्म खुद नाफा २७ करोड नाघ्यो, खुद बीमा शुल्क आर्जन ३६.४५ प्रतिशतले बढ्यो

NMB Bank
  • BFIS News
  • 2026 Feb 05 11:09
आइएमई लाइफको दोस्रो त्रैमाससम्म खुद नाफा २७ करोड नाघ्यो, खुद बीमा शुल्क आर्जन ३६.४५ प्रतिशतले बढ्यो
United Ajod

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य रूपमा वृद्धि भएको छ।

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको पहिलो छ महिनामा कम्पनीले २७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.०४ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३६.४५ प्रतिशतले वृद्धि भएको छ भने कुल आम्दानी २७.५९ प्रतिशतले बढेको छ। यता, कुल दाबी भुक्तानी ३०.७१ प्रतिशतले वृद्धि भएको छ भने कुल खर्च पनि ३०.०६ प्रतिशतले बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि सामान्य रूपमा सुधारिएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ११ पैसाले वृद्धि भई १० रुपैयाँ ८३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) ४१.११ गुणा रहेको छ।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको आइएमई लाइफ इन्स्योरेन्सको शेयर प्रिमियम खातामा ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा २८ करोड ९८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्समा ४३ करोड ४२ लाख रुपैयाँ तथा अन्य इक्विटीमा २१ करोड रुपैयाँ सञ्चित रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया