Nepal Life

दोस्रो त्रैमासमा एशियन लाइफको नाफा वृद्धि, बीमा शुल्क र जीवन बीमा कोष दुवैमा विस्तार

NMB Bank
  • BFIS News
  • 2026 Feb 05 11:29
दोस्रो त्रैमासमा एशियन लाइफको नाफा वृद्धि, बीमा शुल्क र जीवन बीमा कोष दुवैमा विस्तार
United Ajod

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा ४९ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ४४ करोड ४८ लाख रुपैयाँ रहेको थियो। तुलनात्मक रूपमा नाफा करिब ४ करोड ९१ लाख रुपैयाँले बढेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ कायम रहेको छ। समीक्षा अवधिसम्म विपद् कोषमा २३ करोड ८७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ ३१ करोड ९ लाख रुपैयाँ रहेको छ। नाफा वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १४.५३ रुपैयाँ पुगेको छ।

बीमा व्यवसायतर्फ पनि कम्पनीको प्रदर्शनमा सुधार देखिएको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ९ अर्ब ४० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, जबकि गत वर्षको यही अवधिमा यस्तो आर्जन ८ अर्ब ५ करोड रुपैयाँमा सीमित थियो। यस आधारमा बीमा शुल्क आम्दानी करिब १ अर्ब ३५ करोड रुपैयाँले बढेको छ।

यस अवधिमा बीमा पोलिसी बिक्रीमार्फत अभिकर्ताहरूलाई ८१ करोड ६ लाख रुपैयाँ कमिशन भुक्तानी गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी, कम्पनीको जीवन बीमा कोष पनि उल्लेखनीय रूपमा बढेको छ। छ महिनाको अवधिमा जीवन बीमा कोष ४२ अर्ब ४७ करोड रुपैयाँबाट बढेर ४७ अर्ब रुपैयाँ पुगेको छ, जसले बीमा व्यवसाय विस्तार र दीर्घकालीन दायित्व वहन क्षमता मजबुत हुँदै गएको संकेत गर्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया