Nepal Life

९० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि मोदी इनर्जीलाई विद्युत् विकास विभागको पूर्वस्वीकृति

NMB Bank
  • BFIS News
  • 2026 Feb 05 13:28
९० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि मोदी इनर्जीलाई विद्युत् विकास विभागको पूर्वस्वीकृति
United Ajod

काठमाडौं ।  तल्लो मोदी खोला जलविद्युत आयोजना (२० मेगावाट) प्रवर्द्धक कम्पनी मोदी इनर्जी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि विद्युत् विकास विभागबाट पूर्वस्वीकृति प्राप्त गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले नियामक निकायबाट स्वीकृति प्राप्त भएको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रमार्फत गराएको हो।

विभागले २०८२ माघ २१ गतेको मितिमा कम्पनीलाई हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति दिएको पत्रमा उल्लेख छ। स्वीकृतिअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको अनुपातमा १:०.९००२९ अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ। स्वीकृत अनुपातअनुसार कम्पनीले करिब २ अर्ब ६१ करोड ८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ।

विद्युत् विकास विभागबाट पूर्वस्वीकृति प्राप्त भएसँगै कम्पनीले अब अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्नेछ। धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएपछि मात्रै हकप्रद शेयर निष्कासनको मिति तथा बुक क्लोज सम्बन्धी प्रक्रिया अघि बढाइनेछ।

पर्वत जिल्लामा तल्लो मोदी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले वित्तीय व्यवस्थापन तथा ऋण भार न्यूनीकरणका लागि हकप्रद शेयरमार्फत थप पूँजी जुटाउने योजना बनाएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया