Nepal Life

होटल फरेस्ट इनको आईपीओमा ६.४७ गुणा बढि आवेदन, आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2026 Feb 09 11:01
होटल फरेस्ट इनको आईपीओमा ६.४७ गुणा बढि आवेदन, आज अन्तिम दिन
United Ajod

काठमाडौं। होटल फरेस्ट इन लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज माघ २६ गतेदेखि बन्द हुँदैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख २० हजार कित्ता शेयर निष्कासन गरेको हो। आईपीओ माघ २२ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो।

Shikhar
Nepal Life
NIMB

कम्पनीको जारी पूँजी २ अर्ब रुपैयाँ रहेको छ। जसमध्ये २० प्रतिशत अर्थात् ४० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो। यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि यसअघि नै बाँडफाँड भइसकेको छ।

सर्वसाधारणतर्फ निष्कासन हुने शेयरमध्ये २ प्रतिशत अर्थात् ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने कुल निष्कासित शेयरको ५ प्रतिशत अर्थात् २ लाख कित्ता सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि छुट्याइएको छ। बाँकी ३३ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो, जसको आवेदन आजदेखि बन्द हुँदैछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एसिया क्यापिटल लिमिटेडलाई दिइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको थियो।

केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) का अनुसार आईपीओमा १८ लाख ९४ हजार ६५७ आवेदकले २ करोड १५ लाख ४ हजार ३८० कित्ताका लागि आवेदन दिएका छन्। यसअनुसार उक्त आईपीओ ६.४७ गुणा बढी आवेदन परेको छ।

क्रेडिट रेटिङ संस्था केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले होटल फरेस्ट इन प्राइभेट लिमिटेडको दीर्घकालीन बैंक कर्जाका लागि ‘CARE-NP BB-’ रेटिङ प्रदान गरेको छ।

होटल फरेस्ट इन प्राइभेट लिमिटेड सन् २०१० नोभेम्बर २२ मा स्थापना भएको हो। कम्पनीले काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा १ लाख ४२ हजार ७८३ वर्गफुट क्षेत्रफलमा होटल निर्माण गरिरहेको छ। प्रस्तावित होटल ५ तारे स्तरको हुने जनाइएको छ, जसमा कुल १०२ वटा कोठा रहनेछन्।

कम्पनीका अनुसार होटल सन् २०२३ को अक्टोबरदेखि सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ। होटलले अन्तर्राष्ट्रिय होटल ब्रान्ड ‘होलिडे इन’ सञ्चालनका लागि अमेरिकी मिड–स्केल होटल चेन इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (IHG) सँग लाइसेन्स सम्झौता गरिसकेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया