Nepal Life

नोक्सानमा रहेको होटल फरेष्टको पहिलो कारोबार २७१.९५ रुपैयाँबाट हुने

NMB Bank
  • BFIS News
  • 2026 Feb 09 22:45
नोक्सानमा रहेको होटल फरेष्टको पहिलो कारोबार २७१.९५ रुपैयाँबाट हुने
United Ajod

काठमाडौं। होटल फरेष्ट इन लिमिटेडले दोस्रो बजारमा पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९० रुपैयाँ ६५ पैसादेखि अधिकतम २७१ रुपैयाँ ९५ पैसासम्मको रेञ्ज प्राप्त गर्ने भएको छ। कम्पनीको पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ ६५ पैसा रहेको आधारमा धितोपत्र सूचीकरण नियमावलीअनुसार उक्त मूल्य निर्धारण हुनेछ। 

Shikhar
Nepal Life
NIMB

प्रति कित्ता १०० रुपैयाँका दरले आईपीओ निष्कासन गरेको कम्पनीको वास्तविक नेटवर्थ सोभन्दा कम देखिनुले कम्पनीको वित्तीय अवस्था कमजोर रहेको संकेत गर्छ। कम्पनी हाल २३ करोड ९४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। नोक्सानीमा रहेको कम्पनीले समेत सहज रूपमा शेयर जारी गर्न पाउनु समग्र शेयर बजारको अवस्थामाथि प्रश्न उठाउने अवस्था देखिएको छ।

कम्पनीको जारी पूँजी २ अर्ब रुपैयाँ रहेको छ। यसमध्ये २० प्रतिशत अर्थात् ४० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो। उक्त शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि यसअघि नै बाँडफाँड भइसकेको छ।

सर्वसाधारणतर्फ निष्कासन हुने शेयरमध्ये २ प्रतिशत अर्थात् ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने कुल निष्कासित शेयरको ५ प्रतिशत अर्थात् २ लाख कित्ता सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि छुट्याइएको छ। बाँकी ३३ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो, जसको आवेदन आजदेखि बन्द हुँदैछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एसिया क्यापिटल लिमिटेडलाई दिइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था थियो।

केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) का अनुसार आईपीओमा १८ लाख ९४ हजार ६५७ जना आवेदकले २ करोड १५ लाख ४ हजार ३८० कित्ताका लागि आवेदन दिएका छन्। यसअनुसार उक्त आईपीओमा ६.४७ गुणा बढी आवेदन परेको छ।

क्रेडिट रेटिङ संस्था केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले होटल फरेस्ट इन प्राइभेट लिमिटेडको दीर्घकालीन बैंक कर्जाका लागि ‘CARE-NP BB-’ रेटिङ प्रदान गरेको छ।

होटल फरेस्ट इन प्राइभेट लिमिटेड सन् २०१० नोभेम्बर २२ मा स्थापना भएको हो। कम्पनीले काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा १ लाख ४२ हजार ७८३ वर्गफुट क्षेत्रफलमा पाँचतारे स्तरको होटल निर्माण गरिरहेको छ। प्रस्तावित होटलमा कुल १०२ वटा कोठा रहनेछन्।

कम्पनीका अनुसार होटल सन् २०२३ को अक्टोबरदेखि सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ। होटल सञ्चालनका लागि कम्पनीले अमेरिकी मिड–स्केल होटल चेन इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (IHG) सँग अन्तर्राष्ट्रिय होटल ब्रान्ड ‘होलिडे इन’ सञ्चालनसम्बन्धी लाइसेन्स सम्झौता गरिसकेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया