Nepal Life

कुथेली बुखरी स्मल हाइड्रोपावरको बिक्री आम्दानी बढ्दा पनि नाफा घट्यो

NMB Bank
  • BFIS News
  • 2026 Feb 11 09:25
कुथेली बुखरी स्मल हाइड्रोपावरको बिक्री आम्दानी बढ्दा पनि नाफा घट्यो
United Ajod

काठमाडौं ।  कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (KBSH) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

विवरण अनुसार विद्युत बिक्रीबाट प्राप्त आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा केही बढे पनि कम्पनीको खुद नाफा भने घटेको देखिएको छ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा कम्पनीले १ करोड ९४ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १ करोड ९० लाख रुपैयाँको तुलनामा २.१७ प्रतिशतले बढी हो।

आम्दानी बढेपनि नाफामा भने गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५.९५ प्रतिशतले घटेर ८३ लाख २० हजार रुपैयाँमा सीमित भएको छ। सोही अवधिमा कुल नाफा ४.७८ प्रतिशत र सञ्चालन मुनाफा ५.६५ प्रतिशतले घटेको विवरणमा उल्लेख छ।

प्रतिशेयर आम्दानी (EPS) २ रुपैयाँ १० पैसाले घटेर १२ रुपैयाँ ४१ पैसामा झरेको छ। पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ७६ पैसा कायम छ भने मूल्य–आम्दानी अनुपात १३२.९२ गुणा रहेको छ।

कम्पनीको चुक्ता पूँजी १३ करोड ४० लाख रुपैयाँ रहेको छ र जगेडा कोषमा ५ करोड ५९ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया