Nepal Life

‘जेनजी’ समूहका नयाँ सूचीकृत कम्पनीका शेयरमा करेक्सन, उच्च बिन्दुबाट धेरैमा दोहोरो अंकको गिरावट

NMB Bank
  • BFIS News
  • 2026 Feb 11 09:29
‘जेनजी’ समूहका नयाँ सूचीकृत कम्पनीका शेयरमा करेक्सन, उच्च बिन्दुबाट धेरैमा दोहोरो अंकको गिरावट
United Ajod

काठमाडौं । हालै आईपीओ निष्काशन भई नेप्सेमा सूचीकृत भएका कम्पनीका शेयर मूल्यमा पछिल्ला दिनमा गिरावट देखिएको छ।

Shikhar
Nepal Life
NIMB

केही साताअघि तीव्र रूपमा बढेका र निरन्तर सर्किट लागेका ‘जेनजी स्टक’ भनिएका शेयरहरूमा अहिले मूल्य करेक्सनको चरण चलिरहेको छ।

गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्म नेप्सेमा १८ नयाँ कम्पनी सूचीकृत भएका छन्। तीमध्ये धेरै कम्पनीको शेयर मूल्य सूचीकृतपछि तीव्र रूपमा बढेर ६ सय रुपैयाँभन्दा माथि पुगेको थियो। बजार उछालका क्रममा ६ कम्पनीको मूल्य २ हजार रुपैयाँ नाघेको थियो भने न्यून चुक्ता पूँजी भएको स्वास्तिक लघुवित्तको मूल्य ३ हजार रुपैयाँभन्दा माथिसम्म पुगेको थियो।

पछिल्ला दुई–तीन कारोबार दिनयता भने यी कम्पनीका शेयरमा घट्दो प्रवृत्ति देखिएको छ। ५२ हप्ताको उच्च मूल्यसँग तुलना गर्दा केही कम्पनीको मूल्य आधासम्म घटेको छ भने हालै सूचीकृत एसवाई प्यानल नेपाल र सागर डिष्टिलरीजको मूल्य १५ प्रतिशतभन्दा बढीले घटेको छ।

५२ हप्ताको उच्च बिन्दुबाट हालको मूल्यसम्म आइपुग्दा प्रमुख कम्पनीहरूको अवस्था यस्तो छः

  • नेपाल माइक्रो इन्स्योरेन्स: २७०७.३० रुपैयाँबाट घटेर १३५०.१० रुपैयाँमा कारोबार

  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स: २४५८.२० बाट १४४८ रुपैयाँ

  • ओम मेगाश्री फर्मास्युटिकल्स: २१६७.२९ बाट १३४० रुपैयाँ

  • गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स: २७७८ रुपैयाँबाट ५५.६३ प्रतिशत घटेर १७८५ रुपैयाँ

त्यसैगरी उच्च मूल्यबाट घटेको अनुपातअनुसार ट्रेड टावर ३७.५४ प्रतिशत, प्योर इनर्जी ३०.३३ प्रतिशत, हिमस्टार ऊर्जा २८.३२ प्रतिशत, झापा इनर्जी २७.२० प्रतिशत, सान्भी इनर्जी २४.७१ प्रतिशत, दरमखोला हाइड्रो इनर्जी २३.८४ प्रतिशत, बन्दीपुर केबुलकार एन्ड टुरिज्म २३.३० प्रतिशत, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज २३.०९ प्रतिशत र बुंगल हाइड्रो २२.३२ प्रतिशतले घटेका छन्।

माबिलुङ इनर्जी, स्वास्तिक लघुवित्त, सागर डिस्टिलरी, एसवाई प्यानल नेपाल र विकास हाइड्रोपावर का शेयर मूल्य पनि उच्च बिन्दुबाट १६ देखि १९ प्रतिशतसम्म तल झरेका छन्।

नेपालको शेयर बजारमा मूल्य निर्धारणमा कम्पनीको प्रतिशेयर आम्दानी र नाफाभन्दा आपूर्ति र मागको प्रभाव बढी देखिने गरेको छ। न्यून चुक्ता पूँजी भएका कम्पनीका शेयर आधारभूत सूचकभन्दा बाहिर गएर उच्च मूल्यमा कारोबार हुने र पछि करेक्सन आउने प्रवृत्ति पुनः देखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया