Nepal Life

सगरमाथा लुम्बिनी 'सलिको'को खुद बीमाशुल्क ६२% बढ्यो, दाबी भुक्तानी सँगै व्याज घट्दा मुनाफामा दवाव

NMB Bank
  • BFIS News
  • 2026 Feb 11 11:18
सगरमाथा लुम्बिनी 'सलिको'को खुद बीमाशुल्क ६२% बढ्यो, दाबी भुक्तानी सँगै व्याज घट्दा मुनाफामा दवाव
United Ajod

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीका धेरैजसो वित्तीय सूचकमा सुधार देखिए पनि खुद नाफामा भने कमी आएको छ।

Shikhar
Nepal Life
NIMB

रिपोर्टअनुसार गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चालू वर्षको पहिलो छ महिनामा भने नाफा ४३.२९ प्रतिशतले घटेर ३ करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ।

नाफा घटे पनि कम्पनीको बीमा व्यवसाय विस्तार भएको देखिएको छ। गत वर्षको पुस मसान्तसम्म ७१ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले यस वर्ष सोही अवधिमा ६१.९४ प्रतिशतले वृद्धि गर्दै १ अर्ब १६ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको जनाएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २२.१७ प्रतिशतले बढेको छ भने खर्च २७.२२ प्रतिशतले वृद्धि भएको छ। अभिकर्तालाई भुक्तानी गरिने कमिशन खर्च ११४.६६ प्रतिशतले बढेको छ। तर लगानी तथा कर्जाबाट प्राप्त हुने आम्दानी ३३.८७ प्रतिशतले घटेको विवरणमा उल्लेख छ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ७१ लाख रुपैयाँ र जगेडा कोषमा १० करोड २९ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले ६ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ भने कुल सम्पत्तिको आकार १५ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया