Nepal Life

राष्ट्रिय बीमा कम्पनीको खुद नाफामा ठूलो गिरावट, बीमाशुल्क र आम्दानी घट्दा खर्च बढ्यो

NMB Bank
  • BFIS News
  • 2026 Feb 11 11:29
राष्ट्रिय बीमा कम्पनीको खुद नाफामा ठूलो गिरावट, बीमाशुल्क र आम्दानी घट्दा खर्च बढ्यो
United Ajod

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा उल्लेखनीय गिरावट आएको छ। गत आवको पुस मसान्तसम्म कम्पनीले ४४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने चालू आवको सोही अवधिमा यो रकम १७ करोड ७२ लाख रुपैयाँमा घटेको छ, जसले ६०.३४ प्रतिशतको भारी कमी देखाएको छ।

Shikhar
Nepal Life
NIMB

समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन पनि घटेको छ। गत आवको पुस मसान्तसम्म कम्पनीले १६ करोड ७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा चालू आवको पुस मसान्तसम्म मात्र ८ करोड ५८ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ, जसले ४६.५८ प्रतिशतको गिरावट संकेत गर्छ।

कुल आम्दानीमा १८.४५ प्रतिशतले गिरावट देखिएको छ भने कुल खर्च भने ३१.७९ प्रतिशतले बढेको छ। अभिकर्तालाई दिइने कमिशन रकममा पनि ७९.६७ प्रतिशतको भारी कटौती गरिएको छ। कुल आम्दानी ७२ करोड ४९ लाख रुपैयाँबाट घटेर ५४ करोड ३६ लाख रुपैयाँमा झरेको छ भने कुल खर्च २७ करोड ७९ लाख रुपैयाँबाट बढेर ३६ करोड ६३ लाख रुपैयाँ नाघेको छ।

कम्पनीले अभिकर्तालाई दिने कमिशन रकम ७८ लाख रुपैयाँबाट घटाएर १५ लाख रुपैयाँमा झारेको छ। लगानीबाट प्राप्त आम्दानी पनि ४२ करोड ७४ लाख रुपैयाँबाट ३४ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। यससँगै कम्पनीको प्रतिशेयर आम्दानी १३०.०२ रुपैयाँबाट घटेर ६६.४८ रुपैयाँ कायम भएको छ।

कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ। त्यस्तै, स्पेशल रिजर्भमा ३ अर्ब २४ करोड २१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ७० करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब ५५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। बीमा कोषको आकार ३ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको कुल सम्पत्ति २५ अर्ब २८ करोड रुपैयाँभन्दा माथि रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया