Nepal Life

नेप्सेले सार्वजनिक गर्यो स्टक डिलरमार्फत कारोबार गर्न योग्य ११० कम्पनीको सूची

NMB Bank
  • BFIS News
  • 2026 Feb 11 17:50
नेप्सेले सार्वजनिक गर्यो स्टक डिलरमार्फत कारोबार गर्न योग्य ११० कम्पनीको सूची
United Ajod

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्टक डिलरमार्फत कारोबार गर्न योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको छ। नेप्सेले कुल ११० कम्पनीलाई कारोबारका लागि योग्य ठहर गर्दै सूची सार्वजनिक गरेको हो।

Shikhar
Nepal Life
NIMB

सार्वजनिक गरिएको सूचीअनुसार नेप्सेमा सूचीकृत सबै १९ वाणिज्य बैंकहरू स्टक डिलरमार्फत कारोबार गर्न योग्य रहेका छन्। त्यसैगरी १० विकास बैंक, दुई वित्त कम्पनी, २२ लघुवित्त कम्पनी र २४ जलविद्युत् कम्पनीसमेत सूचीमा समावेश छन्।

बीमा क्षेत्रतर्फ १० जीवन बीमा र ११ निर्जीवन बीमा कम्पनीहरूलाई योग्य ठहर गरिएको छ। यस्तै, लगानी समूहअन्तर्गतका ६ कम्पनी, उत्पादन तथा प्रशोधन क्षेत्रका दुई कम्पनी, होटल क्षेत्रका दुई कम्पनी तथा अन्य समूहका दुई कम्पनी पनि सूचीमा परेका छन्।

नेप्सेले धितोपत्र डिलर सञ्चालन कार्यविधि, २०७७ को अध्याय २ को दफा ३(२) बमोजिम आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरूलाई छनोट गरिएको जनाएको छ। उक्त मापदण्ड पूरा गरेका कम्पनीहरूलाई मात्र स्टक डिलरमार्फत कारोबार गर्न अनुमति दिइएको नेप्सेले स्पष्ट पारेको छ।

नेप्सेका अनुसार यो सूचीले स्टक डिलरहरूलाई तोकिएका निर्देशिका र कार्यविधिभित्र रही कारोबार सञ्चालन गर्न स्पष्ट ढाँचा प्रदान गर्नेछ। यस कदमले धितोपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

स्टक डिलरमार्फत कारोबार गर्न योग्य कम्पनीहरूको सूची सार्वजनिक

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया