Nepal Life

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा २० करोड ६७ लाख नाघ्यो, बीमाशुल्क र जीवन बीमाकोष व्यापक विस्तार

NMB Bank
  • BFIS News
  • 2026 Feb 12 11:38
हिमालयन लाइफ इन्स्योरेन्सको नाफा २० करोड ६७ लाख नाघ्यो, बीमाशुल्क र जीवन बीमाकोष व्यापक विस्तार
United Ajod

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेख्य गिरावट देखिएको जनाएको छ। कम्पनीले चालू आवको पहिलो ६ महिनामा २० करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४५ प्रतिशतले कम हो।

Shikhar
Nepal Life
NIMB

गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले ३७ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। नाफा घटे पनि बीमा व्यवसायको आकार भने विस्तार भएको देखिन्छ।

सार्वजनिक विवरण अनुसार समीक्षा अवधिसम्म कम्पनीले खुद बीमाशुल्क आर्जनमा वृद्धि गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क चालू आवमा ४.३० प्रतिशतले बढेर ८ अर्ब ४० करोड ७७ लाख रुपैयाँ पुगेको छ।

यस्तै, लगानी तथा कर्जाबाट प्राप्त हुने आम्दानी १०.७६ प्रतिशतले घटेको छ भने कुल आम्दानीमा ५.४० प्रतिशतको कमी आएको छ। आम्दानी घटेसँगै कम्पनीले कुल खर्चमा करिब २ प्रतिशत कटौती गरेको जनाएको छ।

अभिकर्तालाई प्रदान गरिने कमिशन रकम भने बढेको छ। उक्त शीर्षकअन्तर्गत खर्च ६५ करोड ८९ लाख रुपैयाँबाट ४.३७ प्रतिशतले बढेर ६८ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

जीवन बीमाकोषको आकारमा उल्लेख्य वृद्धि देखिएको छ। अघिल्लो वर्ष ७० अर्ब ४० करोड २१ लाख रुपैयाँ रहेको कोष १७.७५ प्रतिशतले बढेर ८२ अर्ब ८९ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

प्रति शेयर आम्दानी (EPS) ९.३८ रुपैयाँबाट घटेर ४.५२ रुपैयाँमा झरेको छ। सोल्भेन्सी मार्जिन अनुपात पनि ३.७४ प्रतिशतबाट घटेर १.३२ प्रतिशतमा सीमित भएको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १०६.९१ रुपैयाँ रहेको छ भने मूल्य–आम्दानी अनुपात ८०.६० गुणा कायम छ।

९ अर्ब १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा ९४ करोड ७६ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले ८१ अर्ब ८५ करोड ३० लाख रुपैयाँ बराबर लगानी गरेको छ भने कुल सम्पत्ति ९७ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी पुगेको विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया