Nepal Life

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको बीमा व्यवसाय १५ प्रतिशतले बृद्धि, जेनजी आन्दोलन र बाढीको असर नाफामा

NMB Bank
  • BFIS News
  • 2026 Feb 12 12:20
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको बीमा व्यवसाय १५ प्रतिशतले बृद्धि, जेनजी आन्दोलन र बाढीको असर नाफामा
United Ajod

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चुनौतीपूर्ण परिस्थितिका बीच पनि व्यवसाय विस्तारलाई निरन्तरता दिएको जनाएको छ। भदौमा भएको जेन जी आन्दोलन तथा असोज महिनामा आएको बाढी–पहिरोका कारण ठूलो परिमाणमा बीमा दाबी भुक्तानी गर्नुपर्दा कम्पनीको नाफामा दबाब परेको देखिएको छ। यद्यपि, अन्य वित्तीय सूचकहरू भने सन्तोषजनक लयमा देखिएका छन्।

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको पहिलो छ महिनामा कम्पनीको कुल व्यवसाय १ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो परिमाण १ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो। यसले कम्पनीको व्यवसायिक विस्तार क्रमिक रूपमा अघि बढिरहेको संकेत गर्दछ।

पुष मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन १५.१२ प्रतिशतले वृद्धि भई ५७ करोड ६६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ५० करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। बीमा व्यवसायमा देखिएको यो वृद्धि कम्पनीको बजार उपस्थितिलाई थप मजबुत बनाउने संकेतका रूपमा हेरिएको छ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ। यद्यपि, जगेडा कोष १७ करोड ५३ लाख रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको छ। महाविपत्ति कोषमा भने ९ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ। त्यसैगरी, बीमा कोषमा ७ अर्ब ७९ करोड ९० लाख रुपैयाँ सञ्चित रहेको विवरणमा उल्लेख छ।

तर, उच्च दाबी भुक्तानीका कारण कम्पनीको नाफा ऋणात्मक बनेको छ। पुष मसान्तसम्म कम्पनीले १८ करोड ११ लाख ३२ हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले १४ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको कुल आम्दानी ३.६१ प्रतिशतले वृद्धि भई ९३ करोड २ लाख रुपैयाँ पुगेको छ। तर, कुल खर्च ७१.४८ प्रतिशतले बढेर १ अर्ब १८ करोड ९० लाख रुपैयाँ पुगेपछि नाफामा प्रत्यक्ष असर परेको देखिन्छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ९.४५ रुपैयाँले घटेर ११.९६ रुपैयाँ ऋणात्मक बनेको छ। प्रतिशेयर नेटवर्थ भने १७६.२५ रुपैयाँ कायम रहेको छ।

प्राकृतिक विपत्ति र सामाजिक आन्दोलनजस्ता असामान्य घटनाका कारण वित्तीय दबाब झेले पनि कम्पनीले व्यवसाय विस्तारलाई निरन्तरता दिएको देखिन्छ। आगामी त्रैमासमा दाबी दवाव घटेमा वित्तीय अवस्था सुधार हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया