Nepal Life

जेनजी आन्दोलन र बाढी पहिरोको दाबीले सानिमा जिआइसीको मुनाफामा पर्यो दवाव, व्यवसाय २७ करोड नाघ्यो

NMB Bank
  • BFIS News
  • 2026 Feb 12 12:41
जेनजी आन्दोलन र बाढी पहिरोको दाबीले सानिमा जिआइसीको  मुनाफामा पर्यो दवाव,  व्यवसाय २७ करोड नाघ्यो
United Ajod

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले चालू आवको पहिलो छ महिनामा खुद बीमाशुल्क आर्जनमा भने सामान्य गिरावट देखिएको छ।

Shikhar
Nepal Life
NIMB

गत आवको पुस मसान्तसम्म २८ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालू आवको सोही अवधिमा २७ करोड ७२ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ, जुन २.१० प्रतिशतले कम हो।

यस अवधिमा लगानी तथा कर्जाबाट हुने आम्दानी ४२.८० प्रतिशतले घटेको छ भने कुल आम्दानी १९.२५ प्रतिशतले संकुचित भएको छ। आम्दानी घटिरहँदा कम्पनीको कुल खर्च भने ३४.५३ प्रतिशतले बढेको छ। विशेषगरी अभिकर्तालाई दिइने कमिशन खर्च ७८.५० प्रतिशतले बढ्नुले खर्च संरचनामा दबाब सिर्जना गरेको देखिन्छ।

आर्थिक सूचकहरूमा देखिएको यही दबाबका कारण कम्पनी नाफाबाट घाटातर्फ धकेलिएको छ। गत आवको पुस मसान्तसम्म १२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनी चालू आवको सोही अवधिमा ९ करोड ५९ लाख रुपैयाँ खुद घाटामा पुगेको छ। प्रतिशेयर आम्दानी (EPS) पनि १२.७१ रुपैयाँबाट घटेर ऋणात्मक ८.९२ रुपैयाँमा झरेको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १४५.६१ रुपैयाँ रहेको छ। २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको स्पेशल रिजर्भमा ७५ करोड ९८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ र जगेडा कोषमा ८ करोड ४८ लाख रुपैयाँ सञ्चित रहेको विवरणमा उल्लेख छ।

बीमा व्यवसायमा उत्साहजनक विस्तार भए पनि आम्दानी घट्नु र खर्च तीव्र रूपमा बढ्नु कम्पनीका लागि चुनौतीपूर्ण देखिएको छ। आगामी त्रैमासिकमा कम्पनीले खर्च व्यवस्थापन र आम्दानी सुधारमा ध्यान दिनुपर्ने देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया