Nepal Life

नेपाल इन्स्योरेन्सको नाफा ४९ करोड ५८ लाख, बीमाशुल्क आर्जनमा ५८ प्रतिशत वृद्धि

NMB Bank
  • BFIS News
  • 2026 Feb 12 13:22
नेपाल इन्स्योरेन्सको नाफा ४९ करोड ५८ लाख, बीमाशुल्क आर्जनमा ५८ प्रतिशत वृद्धि
United Ajod

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४९ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ।

Shikhar
Nepal Life
NIMB

जेन जी आन्दोलन तथा बाढी–पहिरोका कारण बीमा क्षेत्रमा परेको दबाबका बीच पनि कम्पनी नाफामा रहन सफल भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ८ करोड ६० लाख रुपैयाँ मात्र रहेको थियो।

पुस मसान्तसम्म कम्पनीले ५२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा ३२ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन भएको थियो। यस आधारमा खुद बीमाशुल्क आम्दानी ५८.३९ प्रतिशतले वृद्धि भएको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २५.९१ प्रतिशतले बढेर ७१ करोड ८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल खर्च ६२.०१ प्रतिशतले वृद्धि भई ७० करोड १२ लाख रुपैयाँ पुगेको छ। अभिकर्तालाई दिइने कमिशन खर्च २२.७९ प्रतिशतले बढेर ७६ लाख ३६ हजार रुपैयाँ कायम भएको छ।

यता, प्रतिशेयर आम्दानी (EPS) भने घटेको छ। अघिल्लो वर्ष १० रुपैयाँ ४६ पैसा रहेको प्रतिशेयर आम्दानी यस अवधिमा घटेर ० रुपैयाँ ३९ पैसा कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ११ पैसा रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। महाविपत्ति कोषमा ११ करोड २४ लाख रुपैयाँ र जगेडा कोषमा ४१ लाख ७९ हजार रुपैयाँ सञ्चित रहेको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया