Nepal Life

दोस्रो त्रैमासमा प्रभु इन्स्योरेन्सको नाफा वृद्धि, दाबीको दबाबबीच पनि सूचकमा सुधार

NMB Bank
  • BFIS News
  • 2026 Feb 12 13:32
दोस्रो त्रैमासमा प्रभु इन्स्योरेन्सको नाफा वृद्धि, दाबीको दबाबबीच पनि सूचकमा सुधार
United Ajod

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्राकृतिक विपत्ति र आन्दोलनका कारण दाबी भुक्तानीमा दबाब परे पनि कम्पनीका प्रमुख वित्तीय सूचकमा सुधार देखिएको छ।

Shikhar
Nepal Life
NIMB

प्रकाशित विवरणअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालू आवको सोही अवधिमा करिब २ प्रतिशत वृद्धि गर्दै १२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिमा अन्य केही निर्जीवन बीमा कम्पनी नाफा घट्दा प्रभुको नाफा भने बढेको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ८.३८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा २८ करोड २५ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क बढेर ३० करोड ६२ लाख रुपैयाँ पुगेको छ। लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १८.३२ प्रतिशतले वृद्धि भई ४ करोड १५ लाख रुपैयाँबाट झन्डै ५ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको कुल आम्दानी ८.७६ प्रतिशतले बढेर ४४ करोड ८९ लाख रुपैयाँबाट ४८ करोड ८३ लाख रुपैयाँ पुगेको छ। यसैबीच कुल खर्च पनि करिब १३ प्रतिशतले बढेर २७ करोड ७४ लाख रुपैयाँबाट ३१ करोड ३३ लाख रुपैयाँ पुगेको छ। अभिकर्तालाई दिइने कमिशन भने १४.८० प्रतिशतले घटेको विवरणमा उल्लेख छ।

प्रति शेयर आम्दानी १४.१२ रुपैयाँबाट बढेर १४.४० रुपैयाँ पुगेको छ भने सोल्भेन्सी अनुपात ४.६६ प्रतिशतबाट सुधार भई ५.४८ प्रतिशत कायम भएको छ। प्रति शेयर नेटवर्थ २०३.११ रुपैयाँ रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ। विशेष जगेडा कोषमा १ अर्ब २८ करोड ५६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड ७३ लाख रुपैयाँ र अन्य जगेडा कोषमा करिब २० करोड रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया