Nepal Life

हिमालयन रिइन्स्योरेन्सको मुनाफा ६४ करोड ७४ लाख नाघ्यो, व्यवसायमा आक्रामक विस्तार

NMB Bank
  • BFIS News
  • 2026 Feb 12 13:38
हिमालयन रिइन्स्योरेन्सको मुनाफा ६४ करोड ७४ लाख नाघ्यो, व्यवसायमा आक्रामक विस्तार
United Ajod

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेखनीय प्रगति हासिल गरेको छ। कम्पनीले नाफादेखि व्यवसाय विस्तारसम्म अधिकांश वित्तीय सूचकमा सशक्त सुधार देखाएको हो।

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले ६४ करोड ७४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ६१ करोड ६९ लाख रुपैयाँको तुलनामा ४.९४ प्रतिशतले बढी हो। बढ्दो प्रतिस्पर्धाबीच पनि कम्पनीले नाफालाई निरन्तर उकालो लगाउनु यसको व्यवसायिक रणनीतिको सफल संकेत मानिएको छ।

व्यवसाय विस्तारतर्फ पनि कम्पनीले प्रभावशाली छलाङ मारेको छ। समीक्षा अवधिमा कुल व्यवसाय ३१.३० प्रतिशतले बढेर ३ अर्ब २९ करोड १३ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी २२.२६ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ पुगेको छ। यद्यपि, व्यवसाय विस्तारसँगै कुल खर्च पनि ३१.०६ प्रतिशतले बढेको देखिन्छ।

नाफा वृद्धिसँगै लगानीकर्ताका लागि आकर्षक सूचक प्रतिशेयर आम्दानी (EPS) पनि सुधारिएको छ। अघिल्लो वर्षको ११.८६ रुपैयाँबाट बढेर ११.९२ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५९.०२ रुपैयाँ रहेको छ, जसले यसको वित्तीय आधार मजबुत रहेको संकेत गर्छ।

हाल १० अर्ब ८६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडामा १ अर्ब १९ करोड रुपैयाँ र महाविपत्ती कोषमा २३ करोड ९७ लाख रुपैयाँ सञ्चित रहेको छ। यसले कम्पनीको जोखिम वहन क्षमता र दीर्घकालीन स्थायित्वलाई थप बलियो बनाएको विश्लेषण गरिएको छ।

समग्रमा, हिमालयन रि इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिमा सन्तोषजनक प्रदर्शन गर्दै बीमा बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाएको देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया