Nepal Life

होटल फरेष्ट इनको आइपिओ बाँडफाँट सम्पन्न, ३ लाख ३२ हजार भाग्यमानीले पाए १० कित्ता

NMB Bank
  • BFIS News
  • 2026 Feb 16 11:11
होटल फरेष्ट इनको आइपिओ बाँडफाँट सम्पन्न, ३ लाख ३२ हजार भाग्यमानीले पाए १० कित्ता
United Ajod

काठमाडौं । Hotel Forest Inn Limited को आईपीओ बाँडफाँट आज निष्कासन तथा बिक्री प्रबन्धक Holiday Inn Resort, बुढानीलकण्ठ, काठमाडौंस्थित परिसरमा सम्पन्न भएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले सर्वसाधारणका लागि माघ २२ गतेदेखि माघ २६ गते, २०८२ सम्म कुल ३३ लाख २० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गरेको थियो।

कम्पनीको जारी पूँजी २ अर्ब रुपैयाँ रहेको छ। जसमध्ये २० प्रतिशत अर्थात् ४० लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको हो। कुल सर्वसाधारण निष्कासनमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पूर्व नै बाँडफाँट गरिएको थियो। यस्तै, २ प्रतिशत अर्थात् ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् २ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३३ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो।

उक्त आईपीओमा कुल २३ लाख ७१ हजार ३१५ वटा वैध आवेदनमार्फत २ करोड ५७ लाख ४५ हजार ७ सय कित्ताका लागि आवेदन परेको थियो। यसैबीच, ३३ हजार १ सय ६२ वटा आवेदनबाट ४ लाख ११ हजार ६ सय ६० कित्ता शेयरका लागि परेको आवेदन रद्द भएको थियो।

बाँडफाँट नतिजाअनुसार गोलाप्रथा प्रणालीमार्फत ३ लाख ३२ हजार आवेदकलाई समान १०/१० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ।

आईपीओको नतिजा Central Depository System and Clearing Limited (सीडीएससी) को वेबसाइट, मेरो शेयर, तथा NIC Asia Capital Limited मार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

यसैबीच, CARE Ratings Nepal Limited (CRNL) ले होटल फरेस्ट इन प्रालिको दीर्घकालीन बैंक सुविधालाई ‘CARE-NP BB-’ रेटिङ प्रदान गरेको छ।

होटल फरेस्ट इन प्रालि नोभेम्बर २२, २०१० मा स्थापना भएको हो। कम्पनीले काठमाडौंको बुढानीलकण्ठमा १,४२,७८३ वर्गफिट क्षेत्रफलमा फैलिएको जग्गामा १०२ कोठा (रुम की) सहितको होटल निर्माण गरिरहेको छ। प्रस्तावित होटललाई पाँचतारे श्रेणीमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ। होटल सन् २०२३ अक्टोबरदेखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

कम्पनीले अन्तर्राष्ट्रिय होटल ब्रान्ड ‘होलिडे इन’ सञ्चालनका लागि InterContinental Hotels Group (IHG) सँग ‘लाइसेन्स सम्झौता’ गरेको जनाएको छ। ‘होलिडे इन’ अमेरिकी मध्यस्तरको होटल चेन ब्रान्ड हो।

आइपिओ नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया