Nepal Life

नेपाल राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकमाथि कारबाही, वित्तीय अनुशासन उल्लंघन

NMB Bank
  • BFIS News
  • 2026 Feb 16 18:56
नेपाल राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकमाथि कारबाही, वित्तीय अनुशासन उल्लंघन
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंक ले नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ। कारबाहीमा परेका बैंकहरूमा एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेका छन्।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकका अनुसार एनआइसी एसिया बैंकले केन्द्रीय बैंकबाट जारी निर्देशनहरू बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको तथा लिखित आदेशको पालना नगरेको पाइएको छ। उक्त उल्लंघनका आधारमा बैंकका तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(ग) बमोजिम जनही दुई लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।

त्यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कर्जासम्बन्धी कागजातमा ग्राहकको सहीछाप नलिएको, सुरक्षणभन्दा बढी कर्जा प्रवाह गरेको, एउटै प्रकारका कर्जामा दुई प्रतिशतभन्दा बढी ब्याजदर फरक कायम गरेको तथा त्रैमासको अन्त्यमा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी असुलीमा प्रयोग गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ। उक्त कार्यका सम्बन्धमा बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई ऐनको दफा १००(२)(क) अनुसार सचेत गराइएको छ।

यस्तै, ग्लोबल आइएमई बैंकमा गरिएको स्थलगत निरीक्षण प्रतिवेदन २०८२ अनुसार कर्जा नोक्सानी व्यवस्था, कर्जा पुनरतालिकीकरण तथा पुनरसंरचना सम्बन्धी प्रावधानहरू पूरा नगरेको पाइएको छ। साथै, कोर बैंकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जालाई पुरानै भ्यालु डेट राखेर पुनः सिर्जना गर्न सकिने अवस्था रहेको देखिएको छ। उक्त कमजोरीका आधारमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि ऐनको दफा १००(२)(क) अनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले वित्तीय प्रणालीलाई अनुशासित र पारदर्शी बनाउन नियामकीय प्रावधानको कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पारेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया