Nepal Life

सानिमा बैंक र फोनपेको सहकार्यमा क्यास ब्याक योजना

NMB Bank
  • BFIS News
  • 2023 Oct 06 05:17
सानिमा बैंक र फोनपेको सहकार्यमा क्यास ब्याक योजना
United Ajod

काठमाडौं । सानिमा बैंक र फोनपेको सहकार्यमा सानिमा सजिलो बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यास ब्याक योजना ल्याएको छ ।

Shikhar
Nepal Life
NIMB

योजना अन्तर्गत पहिलो पटक सानिमा सजिलो इ–बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकलाई एयरलाइन्सको टिकट खरिदमा पाँच प्रतिशत वा अधिकतम दुई सय रूपैयाँ, बिजुलीको बिल तिर्दा दुई प्रतिशत अधिकतम २५ रूपैयाँ र इन्टरनेटको बिल तिर्दा दुई प्रतिशत वा अधिकतम ५० रूपैयाँसम्मको क्यास ब्याकको व्यवस्था बैंकले गरेको छ ।  

मोबाइल बैंकिङ नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले उक्त योजना ल्याएको जनाएको छ । बैंकका अनुसार योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलो प्राथमिकता’ को आधारमा क्यास ब्याक गरिनेछ । सो योजना असोज १० गतेदेखि कात्तिक मसान्तसम्म लागु हुने बैंकले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया