Nepal Life

युनाइटेड अजोड इन्स्योरेन्सको १० प्रतिशत हकप्रद सेयरका लागि फागुन १७ गते बुक क्लोज

NMB Bank
  • BFIS News
  • 2026 Feb 20 12:49
युनाइटेड अजोड इन्स्योरेन्सको १० प्रतिशत हकप्रद सेयरका लागि फागुन १७ गते बुक क्लोज
United Ajod

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले १० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारीस्वरूप बुक क्लोजको मिति तय गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले फागुन १७ गते एक दिनका लागि सेयर दर्ता किताब बन्द गर्ने निर्णय गरेको हो।

कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको ७६औँ बैठकले उक्त निर्णय गरेको जनाएको छ। हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत बराबर हकप्रद सेयर जारी गरिनेछ। यसअनुसार १०० कित्ता सेयरधनीले १० कित्ताका दरले (१०:१ अनुपातमा) आवेदन दिन पाउनेछन्। कुल २३ लाख १० हजार कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा निष्कासन गरिनेछ।

बुक क्लोज प्रयोजनका लागि फागुन १७ गते सेयरधनी दर्ता बन्द गरिने भएकाले फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र हकप्रदका लागि योग्य हुनेछन्।

यसअघि असार ३० गते सम्पन्न कम्पनीको ३१औँ वार्षिक साधारण सभाले १० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो। सोही निर्णयअनुसार निष्कासन प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ।

कम्पनीले यससम्बन्धी जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण र नेप्सेलगायत सम्बन्धित निकायलाई गराइसकेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया