Nepal Life

कुलेखानी–फाखेल सडकखण्डमा स्कारपियो दुर्घटना, चार जना घाइते

NMB Bank
  • BFIS News
  • 2026 Feb 21 10:21
कुलेखानी–फाखेल सडकखण्डमा स्कारपियो दुर्घटना, चार जना घाइते
United Ajod

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

 

Shikhar
Nepal Life
NIMB

शनिबार बिहान करिब ६ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो चालक निदाउँदा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल शाखा बाटोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बारा, कलैया उपमहानगरपालिका–२ का ३८ वर्षीय चालक विजय यादव, कलैया उपमहानगरपालिका–७ बरेवा निवासी ५० वर्षीय सन्तोष कुमार गुप्ता, उनकी श्रीमती ४० वर्षीया सोभा गुप्ता र १६ वर्षीय छोरा अनमोल गुप्ता घाइते भएका छन्। घाइतेमध्ये सोभा गुप्ताको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो। उनका अनुसार सोभाको कम्मर र टाउकोमा चोट लागेको छ भने अन्य घाइतेहरूको हात, खुट्टा, छाती र टाउकोमा चोट लागेको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी फाखेलबाट प्रहरी सहायक निरीक्षक कमल खत्रीको नेतृत्वमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ। दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया