Nepal Life

मनहरीमा बस दुर्घटना, २२ यात्रु घाइते

NMB Bank
  • BFIS News
  • 2026 Feb 22 11:20
मनहरीमा बस दुर्घटना, २२ यात्रु घाइते
United Ajod

मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका–७ बिजौना स्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।

Shikhar
Nepal Life
NIMB

वीरगन्ज बाट चितवन तर्फ जाँदै गरेको बा.प्र.०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युतको पोलमा ठोक्किँदा बसमा सवार यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर ले जनाएको छ।

दुर्घटनापछि घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि चितवनस्थित अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया