Nepal Life

निर्वाचनलाई लक्षित गर्दै महोत्तरीमा डिजे र मदिरा माथि प्रतिबन्ध

NMB Bank
  • BFIS News
  • 2026 Feb 23 16:17
निर्वाचनलाई लक्षित गर्दै महोत्तरीमा डिजे र मदिरा माथि प्रतिबन्ध
United Ajod

जलेश्वर, फागुन ११ गते । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै महोत्तरीमा डिजे र मदिरा बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरी ले छुट्टाछुट्टै सूचना जारी गरी निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको जनाएको छ ।

Shikhar
Nepal Life
NIMB

निर्वाचन प्रचारप्रसारका क्रममा जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा चर्को स्वरमा डिजे बजाएर प्रचार गर्ने गरेको गुनासो आएपछि सार्वजनिक स्थान, जुलुस, र्‍याली तथा आमसभामा डिजे साउन्ड सिस्टम, ठूला लाउडस्पीकर र ध्वनि प्रदूषण गर्ने उपकरण प्रयोगमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सञ्जय पोखरेलले जानकारी दिनुभयो । ध्वनि प्रदूषण नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न डिजे प्रयोगमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो ।

जिल्ला सुरक्षा समितिको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार फागुन १० गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि डिजे प्रयोगमा रोक लगाइएको सूचनामा उल्लेख छ । प्रतिबन्धको उल्लंघन गरी डिजे साउन्ड सिस्टम प्रयोग गरेको पाइएमा सम्बन्धित उपकरण जफत गरी प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

यस्तै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सभ्य, सुव्यवस्थित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मदिरा बिक्री–वितरणमा पनि रोक लगाइएको छ । मतदान हुनुभन्दा सात दिन अगावै फागुन १४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवन गर्न निषेध गरिएको सूचनामा जनाइएको छ ।

निर्णयको कार्यान्वयनका लागि सुरक्षा निकायबाट कडाइका साथ अनुगमन गरिने जनाइएको छ । अत्यधिक ध्वनिका कारण विद्यार्थीको अध्ययन, ज्येष्ठ नागरिक तथा बिरामीको स्वास्थ्य र सामाजिक सद्भावमा असर पर्ने भएकाले यस्तो कदम चालिएको प्रशासनले स्पष्ट पारेको छ । निर्वाचनको समयमा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणसँग सहयोगको अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया