Nepal Life

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर, शाखा प्रमुख तथा सहायक स्तरमा खुला

NMB Bank
  • BFIS News
  • 2026 Feb 24 12:09
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर, शाखा प्रमुख तथा सहायक स्तरमा खुला
United Ajod

काठमाडौं। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न प्रदेश र जिल्लामा व्यवस्थापकीय तथा शाखा तहका पदका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले लघु जीवन बीमा सेवा विस्तारलाई लक्षित गर्दै योग्य, ऊर्जाशील र समर्पित नेपाली नागरिकबाट आवेदन माग गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीका अनुसार “Province Head (Managerial Position)” पदका लागि बागमती प्रदेश (भरतपुर) र सुदूरपश्चिम प्रदेश (महेन्द्रनगर) मा दरखास्त खुला गरेको छ। उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको तथा जीवन बीमा क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्नेछ।

साथै लघु बीमा, बीमा सञ्चालन, नियामकीय अनुपालन तथा सम्बन्धित प्रदेशको स्थानीय बजारबारे राम्रो ज्ञान आवश्यक रहेको कम्पनीले जनाएको छ। उम्मेदवार आधारभुत कम्प्युटरको ज्ञान भएको एमएस वर्ड, एक्सेल, इमेल, इन्टरनेट र डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्न दक्ष हुनुपर्नेछ।

त्यसैगरी “Branch/Sub-Branch Incharge” पदका लागि देशका विभिन्न स्थान खाँदबारी (सङ्खुवासभा), धनकुटा, जितपुर (बारा), भरतपुर, बागलुङ, नुवाकोट, गोरखा, प्युठान, चन्द्रगढी, उर्लाबारी, लहान, पनौती, बुटवल, सुर्खेत र जुम्लामा माग गरिएको छ।

यस पदका लागि व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक उत्तीर्ण तथा जीवन बीमा क्षेत्रको मार्केटिङमा कम्तीमा तीन वर्षको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने जनाइएको छ। कम्प्युटर सीप र डिजिटल भुक्तानी प्रणालीबारे ज्ञान अनिवार्य रहेको सूचनामा उल्लेख छ।

इच्छुक तथा योग्य उम्मेदवारले आफ्नो आवेदन र हालसालैको बायोडाटा २०८२ फागुन ३० गतेभित्र [[email protected]](mailto:[email protected]) मा पठाउनुपर्नेछ। छनोटमा परेका उम्मेदवारलाई मात्र सम्पर्क गरिने र टेलिफोनमार्फत सोधपुछ स्वीकार नगर्ने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भई बीमा ऐन, २०७५ अनुसार सञ्चालनमा रहेको कम्पनीको दर्ता कार्यालय विराटनगर महानगरपालिका मुनालपथ, मोरङमा रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया