Nepal Life

नेप्से परिसूचक १०.३० अङ्कले वृद्धि, कारोबार रकम ४ अर्ब ४५ करोड नाघ्यो

NMB Bank
  • BFIS News
  • 2026 Feb 25 17:10
नेप्से परिसूचक १०.३० अङ्कले वृद्धि, कारोबार रकम ४ अर्ब ४५ करोड नाघ्यो
United Ajod

काठमाडौँ, फागुन १३ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा पुगेको छ ।

Shikhar
Nepal Life
NIMB

आज ३३३ कम्पनीका एक करोड चार लाख ५६ हजार ९८० कित्ता शेयर ४८ हजार ६४० पटक खरिदबिक्री हुँदा चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा वित्त समूह ०.२८ प्रतिशत, म्युचुअल फन्ड ०.०२ प्रतिशत र व्यापार समूह ०.८९ प्रतिशतले घटेका छन् भने अन्य सबै समूहका उपसूचक बढेका छन् ।

बैंकिङ समूह ०.२२, विकास बैंक ०.२१, होटल तथा पर्यटन ०.४७, जलविद्युत् ०.३९, लगानी ०.३०, जीवन बीमा १.७९, उत्पादन तथा प्रशोधन ०.८३, लघुवित्त ०.१५, निर्जीवन बीमा ०.१९ र अन्य समूह ०.३५ प्रतिशतले बढेका छन् ।

आजको कारोबारमा सलपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेड को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेड को शेयर मूल्य ५.९८ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड को २८ करोड ६९ लाख १९ हजार २७५ रुपैयाँ बराबरको आठ लाख तीन हजार ६१० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया