Nepal Life

रिज लाईन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न, तपाईलाई पर्योः यसरी हेर्नुहोस ततिजा

NMB Bank
  • BFIS News
  • 2026 Feb 26 12:59
रिज लाईन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न, तपाईलाई पर्योः यसरी हेर्नुहोस ततिजा
United Ajod

काठमाडौं, फागुन १४ गते बिहीबार । रिज लाईन इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बाँडफाँट गरिएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यसै दिन गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको ११ लाख ८० हजार २६० कित्ता शेयर निष्काशन गरेको थियो।

उक्त आईपीओमा २५ लाख ३७ हजार ३०१ जना आवेदकहरूले २ करोड ७१ लाख ३२ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। मागभन्दा उल्लेख्य रूपमा बढी आवेदन परेकाले कम्पनीले गोलाप्रथा (लोटरी) प्रणालीमार्फत शेयर बाँडफाँट गरेको जनाएको छ।

बाँडफाँट अनुसार १ लाख १८ हजार २६ जना भाग्यमानी आवेदकहरूले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।

लगानीकर्ताहरूले आफूलाई आईपीओ परेको वा नपरेको नतिजा मेरो शेयरको आईपीओ रिजल्ट अनलाइन एप्लिकेसनमार्फत हेर्न सक्नेछन्। यसबाहेक मेरो शेयरकै ‘माइ आश्वा’ सेवामार्फत पनि नतिजा थाहा पाउन सकिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया