Nepal Life

निक्षेप तथा कर्जा सुरक्षण कोष र यूएनडीपीको सहकार्यमा एकल कृषि कर्जा सुरक्षण योजना अघि बढ्दै

NMB Bank
  • BFIS News
  • 2026 Feb 26 21:48
निक्षेप तथा कर्जा सुरक्षण कोष र यूएनडीपीको सहकार्यमा एकल कृषि कर्जा सुरक्षण योजना अघि बढ्दै
United Ajod

काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोष र United Nations Development Programme (यूएनडीपी) को सहकार्यमा एकल (ऋणीगत) कृषि कर्जा सुरक्षण योजना सम्बन्धी कार्यशाला ललितपुरमा सम्पन्न भएको छ।

Shikhar
Nepal Life
NIMB

फागुन १४ गते बिहीबार ललितपुरस्थित Hotel Square मा आयोजित कार्यशालामा कोष, यूएनडीपी तथा ‘क’ वर्गका वाणिज्य बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कृषि क्षेत्रमा लक्षित लगानी विस्तार र सर्वसाधारणको कर्जामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित प्रस्तावित सुरक्षण योजनाको मस्यौदामाथि छलफल गरिएको थियो।

कोष, यूएनडीपी र छनोट गरिएका नौ स्थानीय तहको संयुक्त योगदानमा छुट्टै कोष स्थापना गरी कृषिसम्बन्धी तोकिएका क्षेत्रमा लगानी प्रवाह गर्ने तथा ऋणीगत आधारमा कर्जा सुरक्षण प्रदान गर्ने नमुना परियोजना कार्यान्वयनको प्रक्रियामा रहेको जनाइएको छ। कर्जा प्रदायक वाणिज्य बैंकहरूको सुझाव संकलन तथा पृष्ठपोषणका लागि कार्यशाला आयोजना गरिएको कोषले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, हिमालयन बैंक र एनएमबी बैंक लगायतका बैंकका उच्च व्यवस्थापकहरूले कोष र यूएनडीपीको सहकार्यमा तयार गरिएको स्किमको मस्यौदामाथि सुझाव प्रस्तुत गरेका थिए।

कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे का अनुसार कार्यशालामा प्राप्त सुझावहरूमाथि थप छलफल गरी ग्रहणयोग्य सुझावलाई समेट्दै स्किमलाई अन्तिम रूप दिइनेछ। उनले उक्त कार्यक्रम कृषि क्षेत्रमा कर्जा प्रवाह सुरक्षित बनाउने तथा वित्तीय पहुँच विस्तार गर्ने दिशामा महत्वपूर्ण पहल हुने विश्वास व्यक्त गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया