Nepal Life

जथाभावी प्रिमियममा आइपिओ निष्काशन रोक्न लगानीकर्ताको आह्वान, बहिष्कार गर्ने निर्णय

NMB Bank
  • BFIS News
  • 2023 Oct 07 06:40
जथाभावी प्रिमियममा आइपिओ निष्काशन रोक्न लगानीकर्ताको आह्वान, बहिष्कार गर्ने निर्णय
United Ajod

काठमाडौं । लगानीकर्ताहरुले जथाभावी प्रिमियममा आइपिओ निष्काशन कार्य तत्काल रोक्न नेपाल धितोपत्र बोर्डलाई आह्वान गरेका छन् । हिजो शुक्रवार भृकुटीमण्डपमा बसेको लगानीकर्ताको भेलाले प्रिमियममा निष्काशन गरिएका आइपिओहरु बहिस्कार गर्न सम्पुर्ण लगानीकर्तालाई अनुरोध समेत गरेका छन् । 

Shikhar
Nepal Life
NIMB

नेपाल धितोपत्र बोर्डले आम सर्बसाधारण लगानीकर्ताको हित संरक्षण गर्नुपर्ने प्राथमिक दायित्वबाट च्युत भई पूँजी बजारलाई थप संकटमा पार्ने गरी आपुर्तिको बाढी ल्याउने काम गरेको उनिहरुले आरोप लगाएका छन् । तर माग सिर्जना गर्ने कार्य फिटिक्कै नगर्नु दुखद रहेको उनिहरुको भनाइ छ । 

बुक विल्डिड प्रक्रियाको बाटो छलेर जथाभावी र अपारदर्शी रुपमा प्रिमियममा आईपीओको स्वीकृति दिने कार्य तत्काल रोक्न लगानीकर्ताले आग्रह गरेका छन् । साथै लगानीकर्ताहरुलाई जथाभावी प्रिमियम तोकेर विक्रीमा ल्याईएका आईपीओहरु बहिष्कार गरी आफ्नो लगानीको सुरक्षाप्रति सचेत हुन पनि आब्हान गरेका हुन् ।

योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी र जवाफदेहि बनाएर राम्रा कम्पनीहरुलाई पूँजी बजारमा ल्याउन र बजारमा संस्थागत लगानीकर्ताको बाहुल्यता र हस्तक्षेप गराई स्थायित्व प्रदान गर्न र सर्बसाधारण लगानीकर्तामा बजारप्रति विस्वास जगाएर हित सुरक्षा गर्न धितोपत्र बोर्डलाई माग गर्ने उनिहरुले निर्णय गरेका छन् । 

शेयर धितोकर्जाको परिमार्जनलाई स्वागत गर्दै सुधारको लागि राष्ट्र बैंकलाई आग्रह गर्ने लगानीकर्ताको निर्णय

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया