Nepal Life

जलविद्युत् विज्ञ पौडेलको नेतृत्वमा हाइड्रोपावर एकेडेमी

NMB Bank
  • BFIS News
  • 2026 Mar 02 18:58
जलविद्युत् विज्ञ पौडेलको नेतृत्वमा हाइड्रोपावर एकेडेमी
United Ajod

काठमाडौँ । नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्ति प्रसाद पौडेल नियुक्त भएका छन्। उनी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का सदस्यसमेत हुन्।

Shikhar
Nepal Life
NIMB

संस्थाको माघ २ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले पौडेलको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको हो। समितिका सदस्यहरूमा विश्वेश्वरप्रसाद ढकाल, शङ्कर बस्याल, गोपाल न्युरे र सञ्जीव न्यौपाने रहेका छन्। समितिको पदावधि तीन वर्षको रहने जनाइएको छ।

धादिङको धुनिवेशी नगरपालिका–५ मा कार्यालय रहेको एकेडेमी मुनाफा वितरण नगर्ने गैर–सरकारी व्यावसायिक तालिम केन्द्र हो। सन् २०२२ मा स्थापना भएको एकेडेमीले जलविद्युत् आयोजनाहरूको सञ्चालन तथा मर्मतसम्भारमा केन्द्रित छोटो अवधिका (दुई हप्तादेखि तीन महिनासम्मका) तालिम प्रदान गर्दै आएको छ।

एकेडेमीमा युरोपबाट ल्याइएका उन्नत सामग्रीसहित अत्याधुनिक जलविद्युत् कार्यशाला सञ्चालनमा रहेको संस्थाले जनाएको छ।

पौडेल इपानको सातौँ कार्यसमितिका निर्वाचित सदस्यसमेत हुन्। पेशाले इन्जिनियर रहेका उनले जलविद्युत् क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन्। सिभिल इन्जिनियरिङमा स्नातक तथा पूर्वाधार विकास तथा व्यवस्थापनमा स्नातकोत्तर गरेका उनका पब्लिक प्राइभेट पार्टनरसिप र रिजनल इकोनोमिक्स मुख्य अध्ययन क्षेत्र हुन्।

पौडेल ९९० किलोवाट क्षमताको राइजिङ हाइड्रोपावर का अध्यक्षसमेत हुन्। निर्माण सम्पन्न भइसकेको उक्त आयोजना केही साताभित्र सञ्चालनमा आउने तयारीमा रहेको बताइएको छ। उनले जेन्युन कन्सल्ट्यान्टमार्फत जलविद्युत् सम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएका छन्। भूकम्पका समयमा बीमा सर्भेयरका रूपमा समेत काम गरेका पौडेलले जलविद्युत् बीमा क्षेत्रलाई नजिकबाट नियाल्दै आएका छन्। 

यो पनि पढ्नुहोस् 

जलविद्युत बीमाको दाबी भुक्तानीका सबै प्रक्रिया इप्पान मार्फत गर्न सके आधा समस्या हल हुन्छन्, मिथुन पौडेल सँगको अन्तर्वार्ता

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया