Nepal Life

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै, काठमाडौँबाट गाउँ फर्किनेको भीड बढ्यो

NMB Bank
  • BFIS News
  • 2026 Mar 03 11:51
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै, काठमाडौँबाट गाउँ फर्किनेको भीड बढ्यो
United Ajod

काठमाडौँ, फागुन १९ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत प्रयोग गरी आफ्नो गाउँ–ठाउँको प्रतिनिधि चयन गर्न राजधानीबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा काठमाडौँ उपत्यकाका प्रमुख नाका र बसपार्कहरूमा गाउँ फर्किने यात्रुहरूको चाप देखिएको छ, जसले चुनावी माहोल उत्कर्षमा पुगेको संकेत गरेको छ।

Shikhar
Nepal Life
NIMB

नयाँ बसपार्क (गोंगबु) र कलंकी क्षेत्रमा बिहानैदेखि यात्रुहरूको बाक्लो उपस्थिति देखिएको छ। विशेषगरी सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेशतर्फ जाने यात्रुहरूको सङ्ख्या उल्लेख्य रहेको छ।

मतदाताहरूले निर्वाचनलाई लोकतन्त्रको महापर्वका रूपमा ग्रहण गर्दै आफ्नो दैनन्दिन व्यस्ततालाई थाँती राखी गाउँ फर्किने निर्णय गरेका छन्। उनीहरू मतदानमार्फत आफ्नो प्रतिनिधि चयन गर्ने उद्देश्यका साथ यात्रा गरिरहेका छन्। राजधानीबाट बाहिरिने जनसङ्ख्यामा आएको यो वृद्धिले आगामी निर्वाचनमा उच्च मतदान हुने सम्भावनाको संकेत गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया