Nepal Life

इरानी आक्रमणमा अबुधाबीमा एक नेपालीको मृत्यु

NMB Bank
  • BFIS News
  • 2026 Mar 03 12:03
इरानी आक्रमणमा अबुधाबीमा एक नेपालीको मृत्यु
United Ajod

काठमाडौँ, फागुन १९  गते । इरानको आक्रमणमा परेर संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा एक नेपाली नागरिकको ज्यान गएको पुष्टि भएको छ।

Shikhar
Nepal Life
NIMB

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार विमानस्थलमा सेक्युरिटी गार्डका रूपमा कार्यरत २९ वर्षीय दिवस श्रेष्ठको निधन भएको हो। उनी ‘मिडल इस्ट’ कम्पनीमार्फत कार्यरत थिए। यूएईको परराष्ट्र मन्त्रालयले नेपाली नागरिकको मृत्यु भएको आधिकारिक जानकारी दूतावासलाई दिएको विज्ञप्तिमा उल्लेख छ।

दूतावासका अनुसार ड्रोन निष्क्रिय पार्ने क्रममा श्रेष्ठ घटनामा परेका थिए। गोरखा घर भएका श्रेष्ठको निधनप्रति दूतावासले गहिरो दुःख व्यक्त गरेको छ।

श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता ल्याउन आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ। साथै, संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।

दूतावासले यूएई सरकारले जारी गरेका सुरक्षा सम्बन्धी मापदण्डहरू कडाइका साथ पालना गर्न पनि आग्रह गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया