Nepal Life

खाडी मुलुकप्रति कुनै दुर्भावना छैन : इरानी विदेशमन्त्री

NMB Bank
  • BFIS News
  • 2026 Mar 03 12:08
खाडी मुलुकप्रति कुनै दुर्भावना छैन : इरानी विदेशमन्त्री
United Ajod

तेहरान, फागुन १९ गते । अमेरिका–इजरायलको आक्रमणपछि मध्यपूर्वमा कारबाही सुरु गरेको इरानले खाडी मुलुकहरूप्रति कुनै शत्रुता नराखेको जनाएको छ।

Shikhar
Nepal Life
NIMB

इरानी विदेशमन्त्री अब्बास अराघचीले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा इरानले पर्सियाली खाडी राष्ट्रहरूसँग राम्रो छिमेकी सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको बताएका छन्।

चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै जनाइएअनुसार इरानको अमेरिकी सैन्य अखडाविरुद्धको प्रतिक्रिया रक्षात्मक प्रकृतिको भएको र त्यसलाई खाडी देशविरुद्धको आक्रमणका रूपमा नहेर्न आग्रह गरिएको छ।

यसअघि इरानमाथि अमेरिका र इजरायलले संयुक्त हवाई आक्रमण गर्दा इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी, रक्षामन्त्री अमिर नसिरजादेहसहित दर्जनौँ सैन्य अधिकारी मारिएको दाबी गरिएको थियो। त्यसको प्रतिक्रियास्वरूप इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोरले सोमबार युद्धको तेस्रो दिनसम्म अमेरिका र इजरायलसँग सम्बन्धित करिब ५०० स्थललाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ।

यद्यपि, इरानले आफ्नो शत्रुता खाडी मुलुकहरूसँग नभएको स्पष्ट पारे पनि शनिबारदेखि सुरु भएको अभियानयता दुबई, अबुधाबी, कुवेत र मनामाका विमानस्थलहरूलाई निशाना बनाइएको विवरण सार्वजनिक भएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया