Nepal Life

निर्वाचनलाई लक्षित गरी वीर अस्पतालमा द्रुत कार्यदल गठन

NMB Bank
  • BFIS News
  • 2026 Mar 03 15:29
निर्वाचनलाई लक्षित गरी वीर अस्पतालमा द्रुत कार्यदल गठन
United Ajod

काठमाडौँ, फागुन १९ गते । वीर अस्पतालले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (र्‍यापिड रेस्पोन्स टिम) गठन गरेको छ।

Shikhar
Nepal Life
NIMB

अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार निर्वाचन अवधिमा सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै टोली गठन गरिएको हो।

आकस्मिक विभाग प्रमुख डा. सुरेशप्रसाद नेपालको संयोजकत्वमा २६ सदस्यीय टोली गठन गरिएको छ। टोलीमा विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासन र औषधि व्यवस्थापनसम्बन्धी प्राविधिक जनशक्ति तथा आवश्यक औषधि र उपकरणसमेत राखिएको अस्पतालले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया