Nepal Life

वीरगन्ज नाकाबाट सात महिनामा पाँच खर्बभन्दा बढीको सामान आयात

NMB Bank
  • BFIS News
  • 2026 Mar 03 15:37
वीरगन्ज नाकाबाट सात महिनामा पाँच खर्बभन्दा बढीको सामान आयात
United Ajod

वीरगन्ज (पर्सा), फागुन १९ गते । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा पाँच खर्ब १९ अर्ब एक करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात गरिएको छ।

 

Shikhar
Nepal Life
NIMB

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा आयात ५७ अर्ब ३१ करोड रुपैयाँ अर्थात् करिब १२ प्रतिशतले बढेको छ। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पेट्रोलियम पदार्थ तथा फलाम र फलामबाट बनेका सामानहरूको आयात हिस्सा बढी रहेको छ।

चालु आवको सात महिनामा एक खर्ब छ अर्ब ४३ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यस्तै, ४६ अर्ब १६ करोड रुपैयाँ बराबरको फलाम तथा फलामजन्य सामग्री, ३५ अर्ब ८७ करोड रुपैयाँ बराबरको मेसिनरी तथा पार्टपुर्जा, ३५ अर्ब ६७ करोड रुपैयाँ मूल्यको भटमासको कच्चा तेल र २७ अर्ब ९८ करोड रुपैयाँ बराबरको इलेक्ट्रिक मेसिनरी तथा उपकरण आयात गरिएको भन्सार कार्यालयले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया