Nepal Life

मतदाता अनुपस्थित हुँदा दाङका दुई केन्द्रमा मतदान सुरु हुन सकेन

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 11:29
मतदाता अनुपस्थित हुँदा दाङका दुई केन्द्रमा मतदान सुरु हुन सकेन
United Ajod

घोराही, फागुन २१ गते । मतदान सुरु भएको तीन घण्टा बितिसक्दा पनि दाङका दुई मतदान केन्द्रमा अहिलेसम्म मतदान हुन सकेको छैन।

 

Shikhar
Nepal Life
NIMB

बबई गाउँपालिका–१, जिलास्थित जनता आधारभूत विद्यालय र वडा नम्बर ७, तल्लो मलैखोला स्थित देउती मावि मलैमा मतदान सुरु हुन सकेको छैन। मतदानका लागि सम्पूर्ण तयारी पूरा भए पनि मतदाताको उपस्थिति नभएकाले केन्द्रहरू खाली देखिएका छन्।

जनता आधारभूत विद्यालय जिल्लाका मतदान अधिकृत चिरञ्जीवी खड्काका अनुसार उक्त केन्द्रमा ६८२ जना मतदाता रहेका छन्, तर अहिलेसम्म कोही पनि मतदानका लागि उपस्थित भएका छैनन्।

त्यसैगरी वडा नम्बर ७, तल्लो मलैखोला स्थित देउती मावि मलैमा पनि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन। बबई गाउँपालिका–१ र ७ अन्तर्गत पर्ने बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीयले बस्ती स्थानान्तरणको माग राख्दै निर्वाचनमा मतदान नगर्ने अडान लिएका छन्।

उक्त क्षेत्रका मतदातालाई निर्वाचनमा सहभागी गराउने प्रयास जारी रहे पनि अहिलेसम्म उनीहरू मतदानमा सहभागी नभएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो।

आन्दोलनरत बाँके राष्ट्रिय निकुञ्ज पीडितहरूले दाङ मध्यवर्ती बबई–७ स्थित देउती मावि मलै मतदान केन्द्र र बबई–१ स्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रमा अहिलेसम्म मत नहालेपछि दुवै केन्द्र सुनसान बनेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया