Nepal Life

रवि लामिछाने र बालेन्द्र शाहद्वारा मतदान

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 11:39
रवि लामिछाने र बालेन्द्र शाहद्वारा मतदान
United Ajod

काठमाडौँ, फागुन २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।

 

Shikhar
Nepal Life
NIMB

मतदान गर्नुअघि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गर्नुभयो। सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ।

यसैगरी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ। काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख शाह झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुनुहुन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया