Nepal Life

स्याङ्जामा क्रियापुत्रीमै रहेर मतदान

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 11:57
स्याङ्जामा क्रियापुत्रीमै रहेर मतदान
United Ajod

स्याङ्जा, फागुन २१ गते । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–१ मा क्रियापुत्रीमै रहेका दुई मतदाताले मतदान गर्नुभएको छ।

 

Shikhar
Nepal Life
NIMB

बिहीबार प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पञ्चकन्या मावि ‘क’ मतदान केन्द्रबाट चन्द्रकान्त अर्याल र सुमित्रा पोखरेलले मतदान गर्नुभएको हो।

अर्यालका पिता तथा पोखरेलका ससुरा नुवादत्त अर्यालको मृत्यु भएको पाँचौँ दिनमा उहाँहरू क्रियापुत्रीमै रहँदै मतदानमा सहभागी हुनुभएको हो। मतदानपछि अर्यालले बाबाको काजक्रियामा रहे पनि अमूल्य मतदान गर्ने अवसरलाई सदुपयोग गरेको बताउनुभयो।

जिल्लामा क्षेत्र नम्बर १ मा एक लाख ३० हजार ८८६ र क्षेत्र नम्बर २ मा एक लाख १७ हजार ९३० मतदाता रहेका छन्। यसरी स्याङ्जामा कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छन्। जिल्लाभर १९९ मतदानस्थलमा ३२२ मतदान केन्द्र कायम गरिएको छ।

सुरक्षाका दृष्टिले जिल्लाका ५६ मतदान केन्द्र अतिसंवेदनशील, ७१ संवेदनशील र ७२ साधारण श्रेणीमा राखिएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया