Nepal Life

काभ्रेपलाञ्चोकमा चार सय केन्द्रमा मतदान सुरु

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 12:10
काभ्रेपलाञ्चोकमा चार सय केन्द्रमा मतदान सुरु
United Ajod

बनेपा, फागुन २१ गते । काभ्रेपलाञ्चोक जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेका अनुसार जिल्लाका दुई निर्वाचन क्षेत्रका चार सय मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो।

 

Shikhar
Nepal Life
NIMB

उहाँका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा बिहानदेखि नै शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। सबै केन्द्रमा मतदाताको उत्साहपूर्ण उपस्थिति रहेको उहाँले बताउनुभयो।

दुई वटा निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ मा ९५ मतदानस्थलमा १९८ मतदान केन्द्र रहेका छन् भने क्षेत्र नम्बर २ मा ९४ मतदानस्थलमा २०२ मतदान केन्द्र रहेका छन्।

निर्वाचनका लागि क्षेत्र नम्बर १ मा १८ जना उम्मेदवार र क्षेत्र नम्बर २ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई सघाउने गरी स्वतन्त्र पार्टी प्रवेश गर्नुभएको छ।

जिल्लाको क्षेत्र नम्बर १ मा ८३ हजार ७७३ पुरुष र ७७ हजार ३२६ महिला गरी एक लाख ६१ हजार ९९ मतदाता रहेका छन्। क्षेत्र नम्बर २ मा ८३ हजार ७२६ पुरुष र ८१ हजार ७८४ महिला गरी एक लाख ६५ हजार ५११ मतदाता रहेका छन्। यसरी काभ्रेपलाञ्चोक जिल्लामा कुल तीन लाख २६ हजार ६११ मतदाता रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया