Nepal Life

ताप्लेजुङमा २८ प्रतिशत मतदान, हिमाली क्षेत्रका केन्द्रमा पनि मतदान जारी

NMB Bank
  • आयुस बस्नेत
  • 2026 Mar 05 13:28
ताप्लेजुङमा २८ प्रतिशत मतदान, हिमाली क्षेत्रका केन्द्रमा पनि मतदान जारी
United Ajod

फुङलिङ, फागुन २१ गते । ताप्लेजुङ जिल्ला मा दिउँसो १२ः१० बजेसम्म २८ प्रतिशत मत खसेको छ। बिहीबारसम्म जिल्लाभर कुल २५ हजार २२० मत खसेको छ। जसमध्ये १३ हजार ८७२ पुरुष र ११ हजार ३४८ महिला मतदाता रहेका छन्। जिल्लामा कुल ९० हजार ३२७ मतदाता छन्।

 

Shikhar
Nepal Life
NIMB

जिल्लामा ८० मतदानस्थलअन्तर्गत १२७ मतदान केन्द्र तोकिएका छन्। मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदान शान्तिपूर्ण रूपमा भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो।

प्रमुख जिल्ला अधिकारी सेढाइँले मतदान केन्द्रहरूको अनुगमन गरिरहनुभएको छ। साथै फक्ताङलुङ गाउँपालिका अन्तर्गत हिमाली क्षेत्रका फले, याङमा, घुन्सा र ओलाङचुङगोलामा पनि मतदान भइरहेको उहाँले बताउनुभयो। मौसम अनुकूल रहेमा आजै हेलिकोप्टरको सहायतामार्फत मतपेटिका फुङलिङ ल्याउने तयारी गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया