Nepal Life

इलामका ज्येष्ठ नागरिकले उत्साहका साथ मतदान गरे

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 14:09
इलामका ज्येष्ठ नागरिकले उत्साहका साथ मतदान गरे
United Ajod

इलाम जिल्ला, फागुन २१ गते । जिल्लाका विभिन्न मतदान केन्द्रमा ज्येष्ठ नागरिकहरूले उत्साहपूर्वक मतदान गरेका छन्।

 

Shikhar
Nepal Life
NIMB

चुलाचुुली गाउँपालिका–६ तोरीबारीस्थित गीताञ्जली आवि मतदान केन्द्र मा एक सय सात वर्षीया विष्णुमाया बानियाँले आफन्तको साथमा पुगेर मतदान गर्नुभएको छ। उहाँले दिउँसो मतदान गर्नुभएको हो।

त्यस्तै इलाम नगरपालिका–६ स्थित सत्यनारायण आवि मा ९८ वर्षीय घनेन्द्र भट्टराईले बिहान ७ बजे मतदान गरी मतदान कार्यको सुरुवात गर्नुभएको थियो।

माइजोगमाई गाउँपालिका–४ स्थित नेपाल ज्योति मावि मा ९२ वर्षीया महेश्वर ढुङ्गानाले मतदान गर्नुभएको छ।

यसैगरी सन्दकपुर गाउँपालिका–१ आलुबारीस्थित चन्द्रोदय आवि मा ८७ वर्षीया मित्रकुमारी राईले मतदान गर्नुभएको मतदान अधिकृत दिलकुमार राईले जानकारी दिनुभयो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया