Nepal Life

ताप्लेजुङमा १०३ वर्षीया वृद्धाद्वारा मतदान

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 15:39
ताप्लेजुङमा १०३ वर्षीया वृद्धाद्वारा मतदान
United Ajod

फुङलिङ, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ताप्लेजुङ जिल्ला मा १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ।

 

Shikhar
Nepal Life
NIMB

श्री जनता माध्यमिक विद्यालय मतदान केन्द्र, फुङलिङ नगरपालिका–९ हाङ्देवास्थित केन्द्रबाट १०३ वर्षीया नर्वदा कार्कीले मतदान गर्नुभएको हो। उहाँलाई छोरा नेत्रप्रसाद कार्कीले पिठ्युँमा बोकेर मतदान केन्द्रसम्म पुर्‍याउनुभएको थियो।

जिल्लामा दिउँसो २ः१० बजेसम्म ३८ हजार ५ सय ५४ मत खसेको छ। जसमध्ये २० हजार ६२८ पुरुष र १७ हजार ८९६ महिला मतदाता रहेका छन्। जिल्लामा कुल ९० हजार ३२७ मतदाता रहेका छन्।

ताप्लेजुङमा ८० मतदानस्थलअन्तर्गत १२७ मतदान केन्द्र तोकिएका छन्। मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदान शान्तिपूर्ण रूपमा भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ ले जानकारी दिनुभयो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया