Nepal Life

युवा मतदातामा उत्साह, भविष्यप्रति आशावादी दृष्टिकोण

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 15:46
युवा मतदातामा उत्साह, भविष्यप्रति आशावादी दृष्टिकोण
United Ajod

काठमाडौँ । यस पटकको निर्वाचनमा नयाँ पुस्ताका अर्थात् ‘जेनजी’ मतदाताको उत्साह उल्लेखनीय देखिएको छ। पहिलो पटक मतदान गर्ने तथा विदेशबाट फर्किएर मतदानमा सहभागी हुने युवाहरूले आफ्नो मतलाई देशको भविष्यसँग जोडेर हेरेका छन्।

 

Shikhar
Nepal Life
NIMB

तीन वर्षदेखि अध्ययनका लागि क्यानडा मा बस्दै आउनुभएकी २५ वर्षीया सुजानी श्रेष्ठ निर्वाचनमा सहभागी हुन नेपाल फर्किनुभएको छ। पद्मकन्या विद्याश्रम मा मतदान गरेपछि उहाँले मतदान गर्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिनुभयो।

उहाँले उच्च शिक्षा र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्दै पारदर्शिता र सुशासनलाई आगामी सरकारको प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। “यस पटक जसरी पनि मतदान गर्नुपर्छ भनेर म क्यानडाबाट फर्किएको हुँ। अब बन्ने सरकारको पहिलो प्राथमिकता पारदर्शिता र सुशासन हुनुपर्छ। भ्रष्टाचारका कारण युवा विदेशिन बाध्य छन्। देशभित्रै गुणस्तरीय शिक्षा र रोजगारीको अवसर सिर्जना भए अधिकांश युवा स्वदेशमै बस्नेछन्,” उहाँले भन्नुभयो।

मैतीदेवी–घट्टेकुलो निवासी श्रेष्ठले यसअघिको निर्वाचनमा पनि मतदान गरिसक्नुभएको थियो। तर यस पटक आफू बढी उत्साहित र आशावादी रहेको उहाँले बताउनुभयो। परिवारभित्रै फरक–फरक राजनीतिक धारणा भए पनि आफूले स्वविवेक प्रयोग गरेर मतदान गरेको उहाँको भनाइ थियो।

पहिलो पटक मतदान गर्ने १९ वर्षीय सार्थक सङ्ग्रौला पनि उत्साहित देखिनुभयो। रत्नराज्य माध्यमिक विद्यालय मा मतदान गरेपछि उहाँले मतदान गर्न पाउँदा जिम्मेवारीबोध बढेको बताउनुभयो। “पहिलो पटक भोट हाल्दा अलि अप्ठ्यारो लागेको थियो। मेरो मतको कदर हुन्छ र देशका लागि राम्रो हुन्छ भन्ने अपेक्षा छ,” उहाँले भन्नुभयो।

यस्तै २६ वर्षीय मन्जुल पराजुली पहिलो पटक मतदान गर्दा निकै उत्साहित देखिनुभयो। उहाँले राजनीतिक स्थिरता कायम हुनुपर्ने अपेक्षा राख्दै युवाका जायज माग सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी २४ वर्षीया आकृति सापकोटा ले पनि यस पटकको निर्वाचनप्रति आशावादी रहेको बताउनुभयो। उहाँको यो दोस्रो मतदान अनुभव हो। यस पटक दलका एजेन्डा अध्ययन गरेर स्वविवेकका आधारमा मतदान गरेको उहाँले जानकारी दिनुभयो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया