Nepal Life

तनहुँ–१ मा मतगणना जारी: स्वर्णिम वाग्ले अग्रस्थानमा

NMB Bank
  • BFIS News
  • 2026 Mar 06 08:54
तनहुँ–१ मा मतगणना जारी: स्वर्णिम वाग्ले अग्रस्थानमा
United Ajod

तनहुँ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर–१ मा मतगणना जारी रहेको छ। हालसम्म सार्वजनिक मतपरिणामअनुसार स्वर्णिम वाग्ले अग्रस्थानमा रहेका छन्।

Shikhar
Nepal Life
NIMB

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वाग्लेले हालसम्म १ हजार ३५२ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेस का उम्मेदवार गोविन्द भट्टराई ले ५९० मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा (एमाले) की उम्मेदवार भगवती न्यौपाने ले ४१६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बाँकी मत गणना भएपछि परिणाममा थप परिवर्तन हुन सक्ने सम्भावना रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया