Nepal Life

धादिङ–१ मा मतगणना सुरु, आशिका तामाङ प्रारम्भिक अग्रतामा

NMB Bank
  • BFIS News
  • 2026 Mar 06 10:01
धादिङ–१ मा मतगणना सुरु, आशिका तामाङ प्रारम्भिक अग्रतामा
United Ajod

धादिङबेंसी, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ।

 

Shikhar
Nepal Life
NIMB

मुख्य निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार गल्छी गाउँपालिका वडा नम्बर ५ का तीन मतदान केन्द्रको मतपेटिका खोलेर प्रारम्भिक मतगणना सम्पन्न गरिएको छ।

तीन मतदान केन्द्रमा जम्मा २ हजार ७१२ मतदाता रहेकामा १ हजार ४७६ मत खसेको थियो। खसेको मतमध्ये ११२ मत बदर भएको छ भने १ हजार ३६४ मत सदर भएको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो।

प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङले ५५४ मत प्राप्त गरी अग्रता लिनुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ३३६ मत प्राप्त गर्नुभएको छ।

यसैगरी, नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले २९५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद रिजालले १०४ मत पाउनुभएको छ।

निर्वाचन अधिकृत अधिकारीका अनुसार अन्य मतदान केन्द्रका मतपेटिका सर्टिङ गर्ने काम भइरहेको छ र छिट्टै थप मतगणना सुरु गरिनेछ।

“आज बिहान करिब साढे ४ बजेदेखि मतगणना सुरु गरिएको हो। सकेसम्म छिटो मतगणना सम्पन्न गरी भोलिसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य रहेको छ,” अधिकारीले बताउनुभयो।

धादिङ क्षेत्र नम्बर १ मा ५३ मतदान स्थल र १५२ मतदान केन्द्र रहेका छन्। यस क्षेत्रमा १ लाख ३६ हजार ६८६ मतदाता रहेका छन् भने ६ स्थानीय तह रहेको धादिङ–१ मा कुल ८५ हजार ३३३ मत खसेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया