Nepal Life

कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला

NMB Bank
  • BFIS News
  • 2026 Mar 06 10:06
कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला
United Ajod

काठमाडौँ। विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक परिणामलाई स्वीकार गरेका छन्। नेपाली कांग्रेसका उपसभापति शर्मा पार्टीले प्रारम्भिक मत परिणाममा अपेक्षाकृत कमजोर प्रदर्शन गरिरहेको अवस्थामा पनि संयमित प्रतिक्रिया दिँदै मतदाताको निर्णय सम्मानजनक रहेको बताएका हुन्।

Shikhar
Nepal Life
NIMB

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले मतदाताको निर्णय लोकतान्त्रिक प्रक्रियाको आधार भएकाले त्यसलाई स्वीकार गर्नु आवश्यक रहेको उल्लेख गरेका छन्।

शर्माले २०६४ सालमा सशस्त्र द्वन्द्वबाट आएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले चुनाव जितेर राष्ट्रिय राजनीतिमा उदाएको सन्दर्भ स्मरण गर्दै अहिले ‘ब्यालेट’मार्फत उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि स्वागत गर्नुपर्ने बताएका छन्।

उनका अनुसार रास्वपाको अहिलेको परिणाम अप्रत्याशित भने होइन। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमै रास्वपाले आफ्नो सम्भावनाको संकेत देखाइसकेको भन्दै अहिले देखिएको समर्थन त्यसैको निरन्तरता भएको उनले बताएका छन्।

२०७९ असारमा गठन भएको रास्वपाले सोही वर्ष मंसिरमा भएको निर्वाचनमा भाग लिँदै राष्ट्रिय दलको मान्यता प्राप्त गर्दै चौथो ठूलो दल बन्न सफल भएको थियो। यसपालिको प्रारम्भिक मतगणनामा भने रास्वपाले उल्लेखनीय मत प्राप्त गर्ने संकेत देखिएको छ।

२०७९ को निर्वाचनमा भने नेपाली कांग्रेस प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेको थियो। उपसभापति शर्माले एक्समा लेखेका छन् “मतदाताको फैसला स्वीकार्य छ। ‘बुलेट’बाट उदाएको माओवादीलाई स्वागत गरेको संयम दोहोर्‍याउँदै ‘ब्यालेट’बाट आउँदै गरेको रास्वपालाई पनि स्वागत। ०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो परिणाम अप्रत्याशित होइन। चर्को आशा अर्को निराशामा बदलिनु हुँदैन, देशका मूल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ।”

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया