Nepal Life

सुनसरी–१ मा आज ११ बजेदेखि मतगणना सुरु हुने

NMB Bank
  • BFIS News
  • 2026 Mar 06 10:32
सुनसरी–१ मा आज ११ बजेदेखि मतगणना सुरु हुने
United Ajod

धरान, फागुन २२ गते । सुनसरी–१ मा आज ११ बजेदेखि मतगणना सुरु गरिने भएको छ। बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणनाका लागि शुक्रबार बिहान ९ बजे बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले ११ बजेदेखि गणना सुरु गर्ने सहमति गरेको जिल्ला निर्वाचन अधिकारी दिव्यराज अधिकारीले जानकारी दिनुभयो।

 

Shikhar
Nepal Life
NIMB

बैठकमा सबै राजनीतिक दलबाट दुई–दुई जना प्रतिनिधि बस्न पाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो।

सुनसरी–१ का मतदानस्थलहरूबाट मतपेटिका राति अबेर मात्र सङ्कलन भई सुरक्षित राखिएकाले मतगणना समयमै सुरु हुन नसकेको उहाँले जानकारी दिनुभयो।

सुनसरी–१ का सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान भएको थियो। कुल ८७ हजार ८६५ मत खसेको थियो, जसमा ४७ हजार ७१८ महिला र ४० हजार १४७ पुरुष मतदाता रहेका छन्।

सुनसरी–१ मा कुल १ लाख ५० हजार ३९३ मतदाता रहेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ ४१ मतदानस्थल र १६१ मतदान केन्द्र तोकिएका छन्।

सुनसरी–१ अन्तर्गत धरान उपमहानगरपालिकाका सबै २० वडा, बराहक्षेत्र नगरपालिकाका ५ वडा र रामधुनी नगरपालिकाका २ वडा पर्दछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया