Nepal Life

अर्घाखाँचीबाट रास्वपाका हरिप्रसाद भुसाल विजयी

NMB Bank
  • BFIS News
  • 2026 Mar 07 15:25
अर्घाखाँचीबाट रास्वपाका हरिप्रसाद भुसाल विजयी
United Ajod

अर्घाखाँची, फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अर्घाखाँचीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिप्रसाद भुसाल विजयी हुनुभएको छ।

 

Shikhar
Nepal Life
NIMB

बिहीबार सम्पन्न निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार भुसालले ३५ हजार २३ मत प्राप्त गर्दै नेकपा (एमाले) का उम्मेदवार पीताम्वर भुसाललाई पराजित गर्नुभएको हो। पीताम्वर भुसालले २२ हजार ६४९ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै नेपाली कांग्रेसका विष्णुप्रसाद खनालले १८ हजार ९८३ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहानले ३ हजार ८४७ मत ल्याउनुभएको छ। राष्ट्रिय जनमोर्चाका पशुपति ढकालले १ हजार ७३९ मत प्राप्त गर्नुभएको छ।

मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गर्नुभएका रास्वपा उम्मेदवार भुसाल अन्ततः विजयी हुनुभएको हो। यस परिणामसँगै अर्घाखाँचीमा लामो समयदेखि प्रभावमा रहेका परम्परागत दल कांग्रेस र एमालेको आधार कमजोर बनेको विश्लेषण गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया