Nepal Life

कैलाली–५ बाट रास्वपाका आनन्दबहादुर चन्द विजयी

NMB Bank
  • BFIS News
  • 2026 Mar 07 15:28
कैलाली–५ बाट रास्वपाका आनन्दबहादुर चन्द विजयी
United Ajod

चौमाला (कैलाली), फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आनन्दबहादुर चन्द विजयी हुनुभएको छ।

 

Shikhar
Nepal Life
NIMB

अन्तिम मतपरिणामअनुसार चन्दले ३१ हजार ९५३ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै विजय हासिल गर्नुभएको हो। नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत प्राप्त गर्नुभएको छ भने नेकपाका प्रेमबहादुर आलेले ७ हजार ८७६ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी नेकपा (एमाले) का यज्ञराज ढुंगानाले ५ हजार ८३९ मत प्राप्त गर्नुभएको छ।

उक्त निर्वाचन क्षेत्रमा एक लाख १० हजार ५३९ मतदाता रहेकोमा ६५ हजार ९६३ मत खसेको थियो। विजयी भएपछि चन्दले यो जित सम्पूर्ण मतदाताको जित भएको प्रतिक्रिया दिनुभएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया